ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पक्राउ नगरे सडकमा आन्दोलन हुन्छ: ज्ञानेन्द्र शाही

६ भाद्र २०८०, बुधबार १८:२६


काठमाडौँ, ६ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुमाथि छानबिन नभए सडकमा आन्दोलन गर्ने बताएका छन ।

आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेकोप्रति आपत्ति व्यक्त गरेका छन ।

उनले भने, ‘यो देशमा कानुन दुई थरी बनाउनुस्, ठूल्लठूला नेतालाई कानुन नै नलाग्ने ? उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई चाहिँ गल्ती नगरेपनि कान समाएर जेलमा हाल्ने यो कानुन लेख्नुभयो भने सैह्य हुन्छ होइन भने संसदमा आवाज होइन सडकमा आन्दोलन हुन्छ ।

पूर्वप्रधानमन्त्री ठालुहरुलाई सीआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको रु यसको जवाफ दिनुपर्छ ।’