कोशीमा गठबन्धनले संविधानमाथि निर्घात आक्रमण गर्यो: योगेश भट्टराई

६ भाद्र २०८०, बुधबार १६:५३

काठमाडौँ, ६ भदौ– एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कोशीमा सत्ता गठबन्धनले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताएका छन । उनले भने, ‘केही दिनअगाडि सभामुखलाई हस्ताक्षर गरेर सरकार बनाउने कामलाई अदालतले असंवैधानिक भन्यो ।

फेरि अहिले सभाध्यक्षमा बसेको व्यक्तिले निर्णायक भयो भनेमात्रै मत दिने हो । आफै सभामुखको कुर्सिमा बसेर आफैं मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो ।’

उनले आफैँले बनाएको संविधान रक्षा गर्ने र अगाडि बढाउने दायित्व नभूल्न आग्रह गरेका छन । उनले कोशीको घटना नेपालको इतिहासमा निन्दनीय भएको बताएका छन ।