काठमाडौँ, ६ भदौ– प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेपछि प्रभावित भएको छ ।
आज (बुधबार) बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बैठक बहिष्कार गरेका थिए ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा हिजो मंगलबार सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध गरेका हुन ।
आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् । राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले अमर्यादित ढंगलबाट विश्वासको मत लिने काम भएको र संसदीय इतिहासमा कहिल्यै नभएको घटना भन्दै बहिष्कार गरेको जानकारी दिएका छन ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले केहीबेर अर्कोजनालाई बोलाएर थापाको पक्षमा मत दिएका थिए ।
एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बहिष्कार गरेपछि मन्सुरीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।
