काठमाडौँ, ६ भदौ– भैंसीको आक्रमणमा काठमाडौँको बुद्धनगरस्थित ढुंगेधारमा एक महिला घाइते भएकी छन । उफ्रिंदै आएको भैंसीले कुल्चिएर महिला घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
महिलाको हाल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै भैंसीले ठक्कर दिँदा दुईवटा कारमा क्षति पुगेको काठमाडौका प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन ।
नयाँबानेश्वर र बुद्धनगरमा बुधबार बिहान छाडा भैंसीले आतंक मच्चाएको थियो । प्रहरी, सशस्त्र प्रहरी र वन रक्षकले प्रयासमा उक्त भैंसी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
