काठमाडौ, ६ भदौ– धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका छन ।
मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले जानकारी दिएक ।
घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन । साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।
अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ अहिले भाइरल भइरहेको छ ।
उनले अदालतको पत्रसमेत देखाएपछि मेयर ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । भिडिओ भाइरल भएसँगै मेयर साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनीयुक्त स्टाटस लेखेका थिए ।
अदालतको आदेश बेवास्ता गर्दै पुनस् वृक्षारोपण गर्न गएपछि जग्गाधनीले त्यसको विरोध गरेका थिए । सो भिडियोमा मेयरलाई अवरोध गर्ने रोजिना अधिकारी र उनका पति रहेका थिए ।
धरान–४ की रोजिनाले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको छ ।
६ साउनमा धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षारोपण गरेका थिए ।
