काठमाडौ, ६ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गाउँपालिका–२, चालिसे छहराबाट त्रिशूली नदीमा बस खस्दा हाल सम्म ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा खवार मध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन ।
अन्यको खोजी भइरहेको उनले बताएका छन । उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जानकारी दिएको छ ।गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको जनाएको छ ।
