काठमाडौ, ६ भदौ– सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउने बारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक जारी छ ।
बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा जारी छ ।हिजो मंगलबार बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिका कारण स्थगित भएको थियो।
बैठकले उच्चस्तरीय समितिको टीओआर बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।
सोमबार बिहान बसेको कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार गरेको थियो । उक्त कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस गरेको बताइएको छ । त्यसलाई आजै टुंग्याएर संसद् खोल्ने तयारी गरेको छ ।
