काठमाडौ, ६ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गाउँपालिका–२, चालिसे छहराबाट त्रिशूली नदी खसेको बसबाट हालसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन ।
बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
