काठमाडौं, ६ भदै– काठमाडौँको बुद्धनगरमा भैंसीले आतंक मच्चाएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका छन् । भैंसी अहिले बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको छ ।
प्रहरी वृत बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवलका अनुसार डिभिजन वन कार्यालयको टोलीको सहयोगमा ज्ञान निकेतन स्कुलबाट भैंसी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने डिएसपी श्रीवास्तवले बताए ।
डिभिजन वन कार्यालयको टोलीले भैंसीलाई बेहोस बनाउन ‘डार्ट गन’ प्रहार गरेको छ ।
