बालुवाटार पुगेर शेखर र गगनले गराए प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण

५ भाद्र २०८०, मंगलवार १९:४७

काठमाण्डौ, ५ भदौ– कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डलाई भेटेका छन् ।

आज मंगलबार बिहान ८ बजे कोइराला र थापा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरू ललिता निवास, सुन तस्करी प्रकरण लगायत सुशासनका सन्दर्भमा बाहिर आइरहेका कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो, ‘सुशासनमा नचुकी सरकारले काम गरे हाम्रो पूर्ण साथ रहन्छ । यो वा त्यो नाममा कसैको अनुहार हेरेर सम्झौता गर्ने काम नहोस् ।

चाहे तपाईंको पार्टी होस् या अरू पार्टीको दोषीमाथि कारबाही हुनुपर्छ भनेर उहाँहरूले भन्नुभयो । ’ आम नागरिकलाई अहिले अलिकति सुशासन अगाडि बढ्लाकी भन्ने आशा रहेको उनीहरूको भनाइ थियो ।

तर, सरकार कुनै कुरामा सम्झौता गर्यो भने अहिलेसम्म गरेका सबै काम बेकार हो भन्ने पर्छ । लोकरिञ्याईँका लागि काम गरेको भन्ने हुन्छ । त्यसैले सरकारले दह्रोसँगै काम गरोस्, कोइराला र थापाको आशय थियो ।