एसिया कप खेल्न सन्दीप लामिछाने टिमसँग नजाने

५ भाद्र २०८०, मंगलवार १७:५५

काठमाण्डौ, ५ भदौ– एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन । आज (मंगलबार) नेपाल क्रिकेट संघ क्यान ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने जानकारी दिएको छ ।

यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ ।

लामिछाने मुद्दाका कारण मंगलबार नजाने क्यानले जानकारी दिएको छ । एसिया कप खेल्न लामिछाने टिमसँग नजाने टिमका व्यवस्थापक प्रदीप मजगयाले जानकारी दिएका छन ।