काठमाण्डौ, ५ भदौ– कांग्रेस नेता प्रदीप पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको नियतमाथि शंका गरेका छन्।
उनले भ्रष्टाचारका फाइल खोल्ने र यसमा मुछिएका सबैमाथि अनुसन्धान गर्नुपर्ने भए पनि प्रधानमन्त्री दाहालले आफ्ना मानिस परेपछि ती फाइल अघि नबढाएको देखिएको आरोप लगाएका छन ।
कांग्रेस रत्ननगर सम्मेलनको मंगलबार उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन । उनले भने, ‘प्रचण्डको पार्टीको सिट हाम्रो आधाभन्दा पनि कम छ।
हामीले उहाँलाई प्रधानमन्त्री बनाएको हो, ‘यो सरकारले भ्रष्टाचारका फाइल खोल्दा समर्थन गरिएको छ। तर फाइल खोलेपछि हाम्रा मानिस पर्ने अरूका नपर्ने भन्ने हुन्न, संलग्न सबैमाथि छानबिन हुनुपर्छ।’
उनले प्रधानमन्त्री दाहालको नियतमाथि पनि शंका गरेका छन । उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईंको नियत ठिक देखिएन। तपाईंले जतिसुकै चर्का कुरा गरे पनि आफ्ना मानिस परेपछि भ्रष्टाचारका फाइल खोल्ने तपाईंको यात्रा अडिएको देखियो,’ ।
उनले कतिपय भ्रष्टाचार प्रकरणमा नेकपा माओवादी केन्द्रका नेताहरूका नाम आइरहे पनि सरकारले उनीहरूमाथि अनुसन्धान गरेकोमा कांग्रेसभित्र सरकारका कामकारबाहीलाई लिएर असन्तुष्टि छ।
