माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको छ: वर्षमान पुन

५ भाद्र २०८०, मंगलवार १८:३४

काठमाण्डौ, ५ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा माओवादी केन्द्रलाई सरकार बाहिर राख्न विभिन्न प्रयास भइरहेको बताएका छन ।

आज (मंगलबार) माओवादीको उपत्यका विशेष प्रदेश समितिको बैठकमा उनले हरेक कोणबाट माओवादीलाई दबाब आइरहेको पनि बताएका छन ।

उपमहासचिव पुनले एमाले, रास्वपा, राप्रपासहित सरकार र कांग्रेस–एमालेको सरकार बनाउने प्रयास भएको आरोप लगाएका छन ।

उनले माओवादी केन्द्रले राम्रो काम गरिरहेकाले सम्भव नभएको भन्दै उक्त प्रयास असफल भएको पनि बताएका छन । उपमहासचिव पुनले यस्ता प्रयास रोक्न संगठनको आवश्यक रहेको बताउँदै तीन महिने अभियान सफल बनाउन आग्रह गरेका छन ।

उनले माओवादीले गरेको कामहरूको प्रचार गर्न आवश्यक रहेको चर्चा गर्दै तीन महिनामा नतिजा देखिने गरी काम गर्नुपर्ने बताएका छन ।

उनले माओवादी नेतृत्वको सरकारले राम्रो काम गरिरहेको र जनताले पनि साथ दिएको कारण यसको फाइँदा पार्टीले लिनु पर्ने पनि बताएका छन ।