कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

५ भाद्र २०८०, मंगलवार १५:५१

अछाम, ५ भदै– जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या निम्तिएको हो । उक्त कार्यालयमासहायक प्रमुख जिल्ला अधिकारी लामोसमयदेखि नभएकामा तीन महिनादेखि प्रशासकीय अधिकृतसमेत अभाव भएको हो ।

यस जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी हो । हालका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानको तीन महिना नपुग्दै गृह मन्त्रालय सरुवा भएपछि मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेलले गत साउन ३१ गतेदेखि प्रजिअको जिम्मेवारी सम्हालिरहेका छन् ।