काठमाण्डौ, ५ भदौ– विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा शीतल निवासमा भएका हरेक भेटघाटमा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली जाने गर्थे ।
एमालेका अधिकांश नेताहरूको बास शीतल निवासमै हुने गथ्र्यो । तर, अहिले राष्ट्रपतिमा रामचन्द्र पौडेल आएसँगै एमालेले छोइछिटो गरेको छ ।
आज (मंगलबार) राष्ट्रपति पौडेल बिहान शीतलनिवासमा सर्वदलीय बैठक बोलाएका थिए । तर प्रमुख प्रतिपक्षी दल एमालेले बैठक बहिष्कार गरेको छ ।
बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको बैठकमा एमालेका केहिनेता पनि सहभागी भएनन् । राष्ट्रपति पौडेलले अनावश्यक सक्रियता देखाएका भन्दै सर्वदलीय बैठकमा एमाले सहभागी नभएको उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन ।
राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।
राष्ट्रपति भएपछि पौडेलले सबै दलका शीर्ष नेतासँग भेटघाट गरेका थिएनन् ।सबै दलका शीर्ष नेतासँग भेटघाट पनि गर्ने र सदनको अवरोध खुलाउन पहल गर्ने उद्देश्यले पौडेलले सर्वदलीय बैठक बोलाएका थिए ।
तर एमाले नेताहरू सहभागी भएनन् । जसकारण आजका लागि बोलाइएको संसद् बैठक पनि प्रभावित हुने सक्ने सत्तापक्षीका सांसदहरूले आकलन गरेका छन् ।
संसदको अवरोध हटाउने बारेमा पनि छलफल हुनेछ। आज दिउँसो २ बजे बस्ने शीर्ष तीन दलका नेताहरुको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेमा अन्तिम रुप दिने बताइएको छ।
