काठमाडौ, ५ भदै– रोशन कोईराला नारायण केसी र प्रिया मिजारको लेखन तथा निर्देशन रहेको ‘जात नमिलेको प्रेमू’ छोटो चलचित्र सार्वजनिक भएको छ ।
काभ्रेको पनैतिमा छायांकन भएको उक्त चलचित्रमा वर्तमान नेपाली समाजमा जातको कारण हुने विभेदको वर्णन गरिएको छ ।
उक्त चलचित्रको छायांकन रोशन कोईराला र दिपेश कोईरालाले गरेका हुन भने सम्पादन पनि रोशन कोईराला र नारायण केसिले गरेका छन ।
चलचित्रको श्रिङ्गार एवं व्यवस्थापकमा प्रिया मिजार रहेकी छिन् ।जातीय विभेदले अन्तय गरै मुल संदेश मा निर्माण भएको उक्त चलचित्र ( @itsmeroshan) नामक युटुव च्यानलमा प्रकाशित भएको छ।
चलचित्रमा मुख्य भूमिकामा नाराण केसी,प्रिया मिजार , रोशन कोईराला, दिपेन्द्र लम्की, लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् ।
यस चलचित्रले नेपाली समाजमा रहेको जातिय विभेद कम गर्न सहयोग गर्ने छायांकन रोशन कोईराला जानकारी दिएकाच छन ।
