कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय

४ भाद्र २०८०, सोमबार १४:०९

काठमाडौँ, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने निर्णय गरेका छन । गठबन्धन दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिएका छन ।

नेपालको संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको आङ्बोले बताएका छन । प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।