सुन तस्करी प्रकरण अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

३ भाद्र २०८०, आईतवार १८:२८


काठमाण्डौ,३ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार सँग माग गरेको छ ।

आज (आइतबार) सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो जानकारी दिएका हुन ।

उनले भने, ‘पछिल्लो घटनाक्रम हेर्दै जाँदा नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दोस्रो चरणको छानबिन गर्छौं भन्दै थियो । सरकारले फाइल खोल्छु भन्दै गर्दा एकातिर प्रहरीका अधिकारी सरुवा गर्ने काम गरेको छ । ‘

उनले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि पनि बताएका छन । उनले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘सरकारले छानबिनमा ल्याउनपनि चाहेको अवस्था छैन । क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भिर विषय हो ।

उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टी गरेका छन् । हामीले उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत नै राख्यौं ।

सीआईबीले छानबिन गर्ने सन्दर्भमा हाम्रो अन्यथा भनाई होइन । सीआईबीले छानबिन गरोस् ।’ उनले सरकारको अकर्मण्यताका कारण संसद अवरुद्ध भएको पनि बताएका छन । उनले सुन तस्करी प्रकरणमा राजनितीक नेतृत्वह