काठमाडौं, ३ भदौ– आज सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । जुन गत बिहीबारको तुलनामा १.०८ प्रतिशतले घटेको हो ।
साताको पहिलो दिन नेप्सेमा ४३ हजार ३४६ वटा कारोबारमा ४४ लाख ५९ हजार ४५९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । घट्दो बजारमा आइबार आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाख र जिवन विकास लघुवित्तको ४ करोड ५३ लाखको कारोबार भएको छ ।
