रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना

३ भाद्र २०८०, आईतवार १६:०१


एजेन्सी– रुसको अन्तरिक्ष यान लुना९२५ चन्द्रमा दुर्घटनामा भएको छ ।चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन ।

अन्तरिक्ष यानमा मानिस थिएनन् । यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जानकारी दिएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतर गर्न सकेका छैनन् । तर चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबीच प्रतिस्पर्धा चलि रहेको छ । भारतले पठाएको चन्द्रयान–३ आउँदो बुधबार चन्द्रमामा अवतरण गर्ने तयारीमा रहेको छ ।