काठमाडौँ, ३ भदौ– संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुबीचको छलफलमा सत्तापक्ष प्रतिपक्षले अडान नछोड्दा सहमति हुन सकेको छैन् ।
सदनको अवरोध खुलाउन सभामुख घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सिंहदरवारमा आइतबार बिहान छलफलमा जुटेका थिए ।
तर उक्त छलफलमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पूर्ववत् अडान नछोडेपछि सहमति जुट्न नसकेको हो ।
सभामुखसँगको छलफलमा कुनै प्रगति नभएको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन । उनले भने, ‘दलहरूका अडान उही छन् ।
अब प्रधानमन्त्रीसँगको छलफलमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ ’ । सभामुखसँगको छलफल सकारात्मक नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमै सर्वदलीय बैठक बोलाएर छलफल जारी छ ।
