पोर्चुगलमा दुई नेपाली युवाको निधन, थापाले गरे चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या

३ भाद्र २०८०, आईतवार १३:०९

काठमाडौँ, ३ भदौ– युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ ।

मृत्यु हुनेमा राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापा र बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगर रहेका छन ।

राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिएका छन ।

थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले जानकारी दिएका छन ।