श्रीमानले चिर्पट प्रहार गरीआफ्नै श्रीमतीको हत्या गरे

३ भाद्र २०८०, आईतवार १२:३६

काठमाडौँ, ३ भदौ– काभ्रेको पाँचखाल नगरपालिका–१२ श्रीमानले चिर्पट प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जानकारी दिएको छ ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल प्रहरी चौकी बालुवाबाट करिब तीन किलोमिटर पूर्वमा रहेको छ ।