एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

३ भाद्र २०८०, आईतवार १२:१०

काठमाडौँ, ३ भदौ– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन ।

बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिएका छन ।

पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको छ ।