खुशी कार्कीले जितिन् मेरो डान्स युनिभर्स’ को उपाधि

३ भाद्र २०८०, आईतवार ११:१५

काठमाडौं, ३ भदौ– टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्यान्डकी खुशी कार्कीले हात जितेकी छन्।

‘शनिबार ललिपुरको गोदावरी सम्मेलन केन्द्रमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् । यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) बनेका छन् ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको प्रतियोगिताको विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक रहेका थिए ।

यस्तै ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत) ले जित्न सफल भएका छन् भने फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) बनेका छन् ।