काठमाडौँ, १ भदौ– दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार रहेका छन ।
जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
च्याउ खाएर गम्भीर बिरामी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन ।
त्यसअघि छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको उनले जानकारी दिएका छन ।
साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीन जना बिरामी परेका प्रहरीले जानकारी दिएको छ । त्यस्तै मृतकका श्रीमान् अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
