काठमाण्डौ, १ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन ।
कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘हामी पार्टी आउने–जाने हो ।
निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ । कर्मचारी भनेको स्थायी सरकार हो ।’ उनले देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्ने बताएका छन ।
उनले भने, ‘देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्छ । निजामती कर्मचारीलाई नेपाली कांग्रेसको साथ सहयोग रहने छ । तपाईहरु काम गर्नुहोस् ।’
कार्यक्रम उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता हुने पनि बताएका छन ।
