बलिउड अभिनेता अभिषेक बच्चनले दिए नेपाली क्रिकेट टीमलाई शुभकामना

१ भाद्र २०८०, शुक्रबार ११:१५

काठमाडौं, १ भदौ – बलिउड अभिनेता अभिषेक बच्चनले आगामी एसिया कपका लागि नेपाली क्रिकेट टीमलाई शुभकामना दिएका छन् ।

उनले आफ्नो फिल्म ‘घुमर’ को प्रमोसन भिडियोमा नेपालका लागि पनि भिडियो सन्देश जारी गरेका हुन। उनले नेपाल आउने सानैदेखिको सपना रहेको बताउँदै चाँडै नेपाल घुम्न आउनको लागि अधैर्य रहेको समेत उल्लेख गरेका छन।

यस्तै उनले आफ्नो क्रिकेट कथावस्तु बारेको यो फिल्म प्रेरणादायी र दर्शनीय रहेको समेत बताएका छन ।