बझाङको खिराताडीमा गयो भूकम्प

१ भाद्र २०८०, शुक्रबार ०८:०७

काठमाडौं, १ भदौ– बझाङको खिराताडी केन्द्रविन्दू बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार (हिजो) बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।