काठमाण्डौ, ३२ साउन– कञ्चनपुरको एक सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर एक वयस्क पोथी हात्ती मृत्यु भएको छ ।
जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले जानकारी दिएका छन ।
हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिएका छन । मृत भेटिएको हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने उनले बताएका छन ।
