काठमाडौँ, ३२ साउन–प्रहरीले काठमाडौंका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई नगद ७२ हजार रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै, काठमाडौं महानगरपालिका–६, सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सो स्थानमा डेरा गरी बस्दै आएकी काभ्रेको धुलिखेल नगरपालिका–८ की ४५ वर्षीया लक्ष्मी तामाङको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
तामाङ समेत उनीहरूलाई नगद एक लाख ४५ हजार ४०० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
