सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

३२ श्रावण २०८०, बिहीबार १२:२९

काठमाडौँ, ३२ साउन– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहिबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ धेरैपटक सर्दै आएको छ । लामिछाने पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो ।

त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।