काठमाडौँ, ३२ साउन– धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर– ढल्केवर सडकखण्डमा एक युवक मृत अवस्थामा फेला परेका छन ।
आज (बिहिबार) बिहान टाउकोमा चोट लागेको अवस्थामा अन्दाजी २२र२३ वर्षीय अपरिचित युवकको शव फेला परेको पहरीले बताएका छन ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको पनि प्रहरीले जनाएको । घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन ।
