गायक प्रकाश सपूत साँगितिक कार्यक्रमको लागि अगस्ट २५ मा युके जाने

३२ श्रावण २०८०, बिहीबार ११:१९

काठमाडौं, ३२ साउन – चर्चित लोक तथा दोहोरी गायक एवम् कलाकार प्रकाश सपूत साँगितिक कार्यक्रमको लागि युके जाने भएका छन् ।

कलाकार सपूत आगामी भदौ ८ गते (अगस्ट २५ तारिक) का दिन युकेको रहेको एम्पाएर हलमा साँगितिक कार्यक्रमको लागि जाने भएका हुन् । उनी पछिल्लो समयमा निकै लोकप्रिय कलाकारको रुपमा आफूलाई सथापित गर्दै आएका छन् । उनका दर्जनौ गीतहरु चर्चाको शिखरमा रहेका छन् ।

कलाकार सपूतको चर्चामा आएका गीतहरु “दोहोरी ब्याटल, बोलमाया, गलबन्दी, कुरा बुझ्न पर्छ, बदला बरिलै, पीर, फूलमाया, दमाई महाराज” लगायतका गीतहरु उनका हित गीतहरुमा पर्दछन् । यस्तै उनले अभिन्य गरेका अन्य गीतहरु पनि चर्चामा रहेका छन् ।

बिहीबार (आज) सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै युकेमा रहेका नेपाली दर्शकहरुलाई आफू साँगितिक कार्यक्रमका लागि आउन लागेको जानकारी गराएका छन् । यस्तै अनलाइनमार्फत टिकट काटेर आफ्नो सिट सुरक्षित राख्न सकिने पनि जानकारी गराएका छन् ।

उनले लेखेका छन् “धेरै लोक संगित पारखि नेपालीहरु हुनु भएको रमाईलो ठाउ युके आउदैछु । अगस्ट २५ तारिख एम्पाएर हलमा भेटौला । दुखसुख साटौला । नाचौला , रमाईलो गरौला । लौ मन बाटै निम्तो गरे है । कृपया अनलाइन टिकटक को लागि तल उपलब्ध गराएको लिङ्कमा गएर आफ्नो सिट समयै सुरक्षित गर्न सक्नुहुनेछ ।”