एमालेका लागि सत्ता चासोको विषय होइनः एमाले महासचिव पोखरेल

३१ श्रावण २०८०, बुधबार १७:५७

काठमाण्डौ, ३१ साउन– एमालेका महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन ।

आज (बुधबार) धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको उनले बताएका छन ।

उनले प्रतिपक्षी एमालेविरूद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, ‘पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ।’

महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको बताएका छन ।

भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा बोलेका थिए।