सुन प्रकरणमा थप ४ जना चिनियाँ पक्राउ

३१ श्रावण २०८०, बुधबार १७:३५


काठमाण्डौ, ३१ साउन– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा थप ४ जना पक्राउ गरेको छ ।

सिआइबीले जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिएका छन । पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेङकाई रहेका छन ।

उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको उनले जानकारी दिएका छन । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो। मंगलबार सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको थियो।