युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेश जानबाट रोक्नुपर्छ: पूर्वअर्थमन्त्री खतिवडा

३१ श्रावण २०८०, बुधबार १६:३६

काठमाण्डौ, ३१ साउन– पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु अहिलेको प्रमुख प्राथमिकताको विषय भएको बताएका छन ।

आज (बुधवार) काठमाडौँमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन ।

उनले उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताएका छन ।

उनले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक भएको पनि बताएका छन । उनले उद्यमशीलता अरुले सिकाएर नआउने भन्दै युवाहरु भित्रबाट आउनुपर्ने बताएका छन ।

उनले उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताएका छन । उनले जोखिम लिएर व्यवसाय गर्ने र अरुलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशीलता भएको पनि बताएका छन ।

उनले परम्परागत रुपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशिलताको विकास हुन थालेको बताएका छन ।

उनले अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताए । उनले अब युवाहरुले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेको बताएका छन ।