काठमाण्डौ, ३१ साउन– दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नाफा ७.८६ प्रतिशतले घटेको जनाएको छ । गत आर्थिक वर्षको आषाढ मसान्त सम्मको खुद मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा मा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले कमी आई ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
नेपाल टेलिकमको आ.व.२०७९र८० को चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको आषाढ मसान्त सम्मको कूल आय रु. ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेको थियो ।
चालु आर्थिक वर्षको सोही अवधि सम्ममा कुल आय रु. ४९ करोड ३६ लाख १६ हजारले वृद्धि भई रु.४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको कम्पनीले जानकारी दिएको छ ।
