काठमाण्डौ, ३१ साउन– राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भेटवार्ता भएको छ । उनीहरुबीच आज बुधवार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।
भेटको क्रममा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन ।
भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए उनले बताएका छन ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका उनले बताएका छन ।
