पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम

३१ श्रावण २०८०, बुधबार ११:००

बुटवल, ३१ साउन– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु गन्तब्यमा पुग्न सकिरहेका छैनन् ।

नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेकमा छन् ।

अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए । सो क्रममा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।