कांग्रेसबाट गयानन्द मण्डल स्वास्थ्य मन्त्री नियुक्त हुदै

३१ श्रावण २०८०, बुधबार ०९:०१

काठमाडौं, ३१ साउन– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री थप गरेका छन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईंले दिएको जानकारी अनुसार कांग्रेसबाट गयानन्द मण्डल मन्त्री हुन लागेका हुन् । उनको शपथग्रहण आजै बिहान ९ बजेलाई राखिएको छ ।

मण्डललाई फूल मन्त्री बनाउने कि राज्यमन्त्री बनाउने भन्ने विषयमा भने आफूलाई जानकारी नभएको चापागाईंले बताए । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।