च्यासल पुगे भीम रावल, ओलीसँग छलफल

३० श्रावण २०८०, मंगलवार १७:१८


काठमाण्डौ,३० साउन– एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल भएको छ । उनीहरुबीच अहिले पार्टी कार्यालय च्यासलमा छलफल जारी छ ।

पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् । यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो ।

उनलाई पार्टीको जिम्मेवारी दिन अध्यक्ष ओलीले छलफल गर्ने गरी पहिलो चरणको वार्ता भएको थियो ।