काठमाडौं,३० साउन– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म कोहीसँग मिल्न नसक्ने एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।
व्यवहारमा संगठन सञ्चालन र राजनीतिलाई समेत ओलीको सर्वसत्तावाद शैलीले कुरूप बनाएको उनको आरोप छ । ओलीले राजनीतिमा आधारभूत व्यवहार छोडेकाले सच्चिएर राजनीति लिगमा नआएसम्म एमालेसँग पार्टी एकता नहुने पनि बताएका छन् ।
उनले भने, ‘ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यापार चलाइरहन्छ । उहाँको चरित्र कुनै पार्टीसँग मिल्न सक्ने देखिँदैन ‘ओलीको सर्वसत्तावाद शैलीले व्यवहार र राजनीतिलाई कुरूप बनाएको छ । राजनीतिमा आधारभूत व्यवहार नसच्चिएसम्म एमालेसँग पार्टी एकता सम्भव छैन ।’
यसैगरी केही नेता तथा कार्यकर्ता पार्टीबाट बाहिरिएर पार्टीलाई कुनै असर नपर्ने उनले बताए । तीन करोड नागरिकमा २६ /२७ लाख सदस्य बनाउन एकीकृत समाजवादीलाई समस्या नहुने उनको जिकिर छ ।
