काठमाडौं,३० साउन- सञ्चारकर्मी सरिता श्री ज्ञवाली जनमत पार्टीमा प्रवेश गरेकी छन् ।
पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादक समेत रहेकी ज्ञवालीलाई मंगलबार (आज) सिके राउतले जनमत पार्टीमा स्वागत गरेका हुन् ।
राउतले पार्टी प्रवेशकै अवसरमा ज्ञवालीलाई जनमत पार्टीको सदस्यता प्रदान गरेका छन् । ज्ञवाली ग्यालेक्सी फोर के टेलिभिजनमा आवद्ध रहेकी छन् ।
गएको निर्वाचनमा जनमत पार्टी ६ सीटसहित राष्ट्रिय पार्टी बनेको बनेको थिए । मधेशकेन्द्रित भए पनि पछिल्लो समय अन्य क्षेत्रमासमेत आफ्नो सक्रियता बढाउँदै आएको छ
