अरिङ्गालले टोकेर एक जनाको मृत्यु

३० श्रावण २०८०, मंगलवार १३:०१

गुल्मी,३० साउन– गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरी रहेका छन ।

सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज (मंगलबार) बिहान आफन्तले गुल्मी अस्पताल पुर्यांएका थिए ।

उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको डीएसपी पाण्डेले जानकारी दिएका छन ।