मौसम सुधारसँगै मनाङ जाने सडक सञ्चालन

३० श्रावण २०८०, मंगलवार १२:१६

मनाङ, ३० साउन– हिमाली जिल्ला मनाङ जाने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ जाने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीचबाटोमै अलपत्रमा परेका थिए ।

सो सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेस्थित सडक भासिएको थियो । सडक खुलेसंगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ गएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिए ।