नेकपा एसका केन्द्रीय सदस्य साधुराम चौलागाई एमालेमा प्रवेश

३० श्रावण २०८०, मंगलवार ११:१३

काठमाडौं, ३० साउन– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य साधुराम चौलागाई एमालेमा प्रवेश गरेका छन् ।

महोत्तरीको बर्दिबासमा आइतबार आयोजित कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले चौलागाईं लगायतलाई पार्टीमा स्वागत गरेका थिए।

नेकपा (एमाले) प्रवेश गर्ने अन्य नेताहरूमा नेकपा एसका प्रदेश कमिटी सदस्य कमला वाइवा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जिवछ चौधरी लगायत रहेका छन्।