काठमाडौं, ३० साउन– बागलुङकी नव चर्चित गायिका सिम्रन परियार ५ दिनको काठमाण्डौँ बसाईपछि आज (मंगलबार) घर फर्किदै छिन् ।
सिम्रनले यो ५ दिनको बसाईमा ९ वटा गीत उनको आवजमा रेकर्ड भएका छन् भने केही गीतमा अभिनय समेत गरेकी छन् । उनले ९ वटा गीत रेकर्ड गरेबापत ७०६१६ रुपैयाँ प्राप्त गरेको स्रोतले जनाएको छ । उनी काठमाडौं ५ दिन बसिरहदा २ दिन मात्र उनको कलेज छुटेको छ ।

गत बुधबार २४ साउनमा सिम्रनलाई पत्रकार भोजराज थापाले बागलुङ पुगरे काठमाडौं ल्याएका थिए । उनको साथमा उनकोे आमा पनि संगै आएकी थिइन् । भने जस्तो भयो भने सिम्रनलाई फेरि छिट्टै काठमाडौ ल्याउने पनि पत्रकार थापाले जानकाी गराएका छन् ।

गायिका सिम्रनलाई काठमाडौंमै निशुल्क पढाउने व्यबस्था समेत गरिसकेको पत्रकार थापाले बताएका छन् ।
