काठमाडौं,२९ साउन– नेकपा एमोलको संगठन विभागको सचिवमा युवा नेता माधव ढुंगेल मनोनीत भएका छन् ।
आज (सोमबार) बसेको एमालेको सचिवालय बैठकले विभागअन्तर्गतको सचिवको जिम्मेवारी प्रदान गरेको हो । ढुंगेल राष्ट्रिय युवा परिषद्का पूर्व उपाअध्यक्ष साथै अनेरास्ववियुका पूर्व अध्यक्षसमेत हुन् ।
ढुंगेल हाल एमालेको केन्द्रीय सदस्य रहेका छन् । यस्तै उनी युवामाझ निक्कै लोकप्रिय मानिन्छन् ।
