नेकपा एस परित्याग गरी ३६ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

२९ श्रावण २०८०, सोमबार ०८:४९

काठमाडौं, २९ साउन– नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी आइतबार ३६ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीको जनसंगठन युवा संघको अनुशासन आयोगका अध्यक्ष एवं भक्तपुर जिल्ला सचिवालय सदस्य दीपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवं भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का, युवा संघ भक्तपुरका अध्यक्ष रञ्जन मोहन सैजु, अनेरास्ववियु भक्तपुरका अध्यक्ष सञ्जिव लामिछाने, सूर्यविनायक नगर कमिटीका अध्यक्ष सुमित श्रेष्ठलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

एमालेकेन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजा र उपाध्यक्ष बासुदेव थापालगायत नेताहरूको सहभागिता रहेको थियो ।

एमालेमा प्रवेशपछि युवा संघ अनुशासन आयोगका अध्यक्ष दीपक थापाले विगतमा केही लहडमा लागेकाले नेकपा एस रोज्न पुगेको तर नेकपा एमाले विभाजनको पुष्टि अहिलेसम्म पनि गर्न नसकेको बताउँदै पछिल्लो समय एकीकृत समाजवादीभित्र विभिन्न समस्या देखिन थालेपछि हामी युवाहरूले त्यहाँ भविष्य नदेखी पुरानै घरमा फर्किएका हौँ उनले भने।

एमालेमा प्रवेश गर्नेहरूमा विजेन्द्र, सौरभ बस्नेत, पुनित सैजु, कृष्ण भण्डारी,निजेन सुज्ञरतु, रञ्जन ठिमी, साजन, रैजिन कोजु, सुवास गोसाई, सुमन गोसाई, सोरेश गोन्छा, निरोज कायस्थ, सुमन बसुकला, रविन मस्यारण्वा, रोशन श्रेष्ठ, मनिस सैजु, आसिन कोजू, राजेश कोजू, एलिस कुस्मा, रुविन चौगुठी, किरण सितीखु, सागर बराल, कपिल लाखजू, आशिष शिजखु, राज नकर्मी, इसान श्रेष्ठ, आसिन कोजू रहेका छन् ।